Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • ‘पशुपति प्रसाद २: भष्मे डन’को गीत ‘प्रेम शरणम्’ सार्वजनिक

    ‘पशुपति प्रसाद २: भष्मे डन’को गीत ‘प्रेम शरणम्’ सार्वजनिक

    अनलाइन नेपाल
  • आइतबार, ७ असोज २०८०
  • 2.2K
    SHARES

    काठमाडौं । बडादशैंको फूलपातीको दिनबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक भएको छ ।

    सार्वजनिक सिनेमाको गीतको भिडियोमा मुख्य कलाकार विपिन कार्की र स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ ।



    दुई पात्रबीचको माया प्रेमलाई गीतमा देखाइएको छ । रमाइलो शैलीमा तयार पारिएको गीतको छायांकन, कलर र प्रोडक्सनमा निर्माण पक्षले ध्यान दिएको देखिन्छ ।

    र्‍यापको सम्मिश्रण रहेको सिनेमाको सिनेमामा कृष्ण भारद्वाजको सङ्गीत तथा सुशील पौडेल र संगीतकार भारद्वाजको शब्द रचना रहेको गीतमा काली प्रसाद बास्कोटा र स्वस्तिका ढकालको स्वर सुन्न सकिन्छ ।

    दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको ‘पशुपति प्रसाद २ः भष्मे डन’मा विपिनका अलवा स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ ।

    सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् । टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् ।

    सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको सङ्गीत रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार