Online Nepal
  • शुक्रबार, २३ साउन २०८२
  • विश्व मुटु दिवस आज, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

    विश्व मुटु दिवस आज, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । आज विश्व मुटु दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । ‘मन लगाऔँ मुटु बचाऔँ’ भन्ने नारासहित दिवस मनाउन लागिएको हो।

    विश्व मुटु महासंघ र विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रूपमा मनाउने गरिएको हो।



    विश्व मुटु महासंघका अनुसार विश्वभर बर्सेनी एक करोड ८६ लाख मानिसको मुटुसम्बन्धी रोगबाट मृत्यु हुने गरेको छ।

    जसमा विकासोन्मुख र अविकासित देशहरूमा मुटुरोगबाट मृत्यु हुनेको संख्या ८० प्रतिशतभन्दा बढी रहेको छ। सन् २०३० सम्ममा विश्वभर मुटुरोगबाट मृत्यु हुनेको संख्या बर्सेनी २ करोड ५० लाख सम्म पुग्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ। ​

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार