Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • पार्किङमा राखेको रोलरबाट डिजल चोरी गर्ने दुईजना पक्राउ

    पार्किङमा राखेको रोलरबाट डिजल चोरी गर्ने दुईजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 1.5K
    SHARES

    फाइल तस्विर

    तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा पार्किङ गरी राखिएको रोलरबाट डिजेल चोरी गर्ने दुईजना पक्राउ परेका छन् ।

    चाइना कम्युनिकेशन कन्ट्रक्सन प्रालिको रोलरबाट डिजेल चोरी गरेको अभियोगमा प्रहरीले बिहीवार दुई जनालाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका–५ याम्पा बस्ने २७ वर्षीय सुलोचन भट्टराई र रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० बस्ने २८ वर्षीय रामबहादुर चमार रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    उनीहरुलाई रोलरबाट १ सय १० लिटर डिजल चोरी गरी बा २० च ७४९ नम्बरको आफ्नो गाडीमा लोड गर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेकाविरुद्ध तनहुँ अदालतबाट सात दिनको म्याद थप गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार