Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • एसियाडमा नेपाली पब्जी टोली सेमिफाइनलमा

    एसियाडमा नेपाली पब्जी टोली सेमिफाइनलमा

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 2.1K
    SHARES

    काठमाडौं ।चीनमा भइरहेको १९औं एसियाड अन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन पब्जी मोबाइलमा नेपाली टोली सेमिफाइनल प्रवेश गरेको छ ।

    आज भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो।



    नेपाली टिममा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समिर गुरुङले शुक्रबार खेलेका थिए।

    आजको प्रतिस्पर्धामा नेपालको समूहमा हङकङ, प्लेस्टाइन र साउदी अरेबिया थिए। जसमा हङकङ शीर्ष स्थानमा रहदा नेपालले प्लेस्टाइन र साउदीलाई पछि पार्‍यो।

    हङकङको ‍५१ मिनेट ०९.९८३ सेकेन्ड, नेपालको ५४ मिनेट ०४.८४२ सेकेन्ड, प्लेस्टाइनको १ घन्टा ४९.५२७ सेकेन्ड र साउदीको १ घन्टा ३ मिनेट ४५:१०७ सेकेन्डको टाइमिङ रह्यो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार