Online Nepal
  • शनिबार, १७ साउन २०८२
  • आन्दोलनरत राहत शिक्षक र सरकारबीच सहमति

    आन्दोलनरत राहत शिक्षक र सरकारबीच सहमति

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । आन्दोलनरत राहत शिक्षक र सरकारबीच सहमति भएको छ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको बैठकबाट आन्दोलनरत शिक्षक र मन्त्रालयबीच सहमति भएको हो । सहमति भएसँगै राहत शिक्षकहरूले आन्दोलन फिर्ता लिएका छन्।



    वार्तामा शिक्षा मन्त्री अशोककुमार राई र शिक्षा राज्यमन्त्री प्रमिला कुमारी, नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरलगायत थिए।

    संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरको शिक्षकहरु आन्दोलित भएका थिए । देशभरका सामुदायिक विद्यालयका शिक्षकहरुले काठमाडौंमा केन्द्रीत भएर गत बुधबारदेखि आन्दोलनमा उत्रेका थिए ।

    शुक्रबार सरकारले आन्दोलनको आह्रान गर्ने नेपाल शिक्षक महासंघसँग ७ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित गरेको थियो ।

    उक्त सहमतिले राहत शिक्षकहरूका माग सम्बोधन नगरेको भन्दै उनीहरूले आन्दोलन जारी राखेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार