Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुबई पठाइदिन्छु भन्दै ३ लाख ठगी गर्ने अशोक पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्धखाँची भूमिकास्थान नगरपालिका वडा-५ घर भई हाल काठमाडौं महानगरपालिका-३२ बस्ने ३२ वर्षीय अशोक भट्टराई रहेका छन् ।

भट्टराई लाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार बिहान नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।

भट्टराईले अजयकुमार महतोलाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु, त्यसको लागि ३ लाख ५ हजार लाग्छ भन्दै ठगी गरेको प्रहरीले जनाएको छ।

उनले बाइक राइडरमा काम लगाइदिने र मासिक ८० हजार पाउने भन्दै प्रलोभन देखाएका थिए। भट्टराईविरूद्ध महतोले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए।

विभागबाट अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गर्न पत्राचार गरेपछि पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

भट्टराईलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077