Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • काठको लिलामीमा करोडको सेटिङ, डिएफओदेखि सिडिओसम्म संलग्न

    काठको लिलामीमा करोडको सेटिङ, डिएफओदेखि सिडिओसम्म संलग्न

    अनलाइन नेपाल
  • शनिबार, १३ असोज २०८०
  • 5.2K
    SHARES

    कपिलवस्तु । जिल्लाको एक सामुदायिक वनको काठ लिलामीमा करोडौंको चलखेल भएको छ । करिब १० करोडको काठ आधा मूल्यमा सेटिङका आधारमा लिलामी गर्न लागिएको छ ।

    कपिलवस्तुको बुद्धभुमी नगरपालिका–१ स्थित श्री जनकल्याण सामुदायिक वनको करिब ३४ हजार क्यूफिट काठको लिलामीमा यस्तो चलखेल भएको हो ।



    सामुदायिक वनका अध्यक्ष रेशमबहादुर बस्नेतले गत २३ भदौमा एक स्थानीय पत्रिकामा गोप्य रूपमा सूचना प्रकाशन गरी त्यो दिनका सबै पत्रिका नै गायब बनाई आफू निकट ठेकदारलाई बिक्री गराउने प्रयास गरेका छन् । लिलामीको सूचना उनले गोप्य राखेपछि स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

    यसअघि दुई पटक सूचना निकालेकोमा आफू निकट ठेकदारले नपाउने भएपछि उनले रद्द गराएका थिए । उनले जिल्लाका सिडिओ शंकरहरी आचार्यदेखि सब डिभिजन वन कार्यालयका प्रमुख वसन्त थापालाई समेत सेटिङ मिलाएर यसरी सेटिङमा करोडौंको काठ बिक्री गर्न लागेको स्थानीय बताउँछन् । केही स्थानीय दलका नेताको समेत यसमा मिलेमतो रहेको छ ।

    साथै गोप्य रूपमा केही खयरको रुख काटेर समेत थपेको समेत पाइएको छ । वनको अनुमति बिना नै विना टाँचा केही काठ लिलामी गर्न लागिएको काठमा मिसाइएको छ । ‘निष्पक्ष प्रतिस्पर्धा हुँदा यो काठको करिब १० करोड आउँछ,’ एक स्थानीय अगुवा भन्छन्,‘तर, आधा मूल्यमा लिलामी गरेर सेटिङ गर्न लागिएको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार