Online Nepal
  • बुधबार, २१ साउन २०८२
  • सुन प्रकरणबारे अनुसन्धान गर्न पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा आयोग गठन

    सुन प्रकरणबारे अनुसन्धान गर्न पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा आयोग गठन

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 2K
    SHARES

    काठमाडौं । सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि चार सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ।

    बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो।



    आयोगको सदस्यमा अर्थ मन्त्रालयका किशोरजंग कार्की र गृह मन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा छन्।

    आयोगले सुन तस्करी रोक्ने सम्बन्धमा अध्ययन गरी व्यवस्थित प्रतिवेदन सरकारलाई बुझाउने सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

    आयोगलाई तीन महिना समय दिइएको बताइएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीबारे अध्ययन र छानबिन गर्न आयोग गठन गर्न माग गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार