Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जापान पठाइदिन्छु भन्दै ४६ लाख ठगी गर्ने खतिवडा पक्राउ

काठमाडौं। जापान पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका घर भई हाल धुम्बाराही विष्णु गल्ली बस्ने मेनपावर संचालक डिल्लीराम खतिवडा रहेका छन् ।

खतिवडालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोटेश्वरबाट पक्राउ गरेको हो ।

खतिवडाले वैदेशिक रोजगारीको लागि जापान पठाइदिन्छु भन्दै १२ जनासँग ४६ लाख रकम ठगी गरेको प्रहरीले जनाएको छ।

खतिवडाले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खतिवडालाई आज पक्राउ गरेको हो ।

पक्राउ परेका खतिवडालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077