Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

किन ढिलो बाहिरिन थाल्यो मनसुन ?

काठमाडौं । मुलुकभित्र सामान्यतया जून १३ मा मनसुन भित्रिन्छ। अक्टोबर २ मा बाहिरिने गर्छ। तर, सन् २००० यता मनसुन ढिलो गरी बाहिरिन थालेको छ। यसलाई जलवायु परिवर्तनको दीर्घकालीन असर मान्न सकिने मौसमविद्हरू बताउँछन् ।

जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार सन् २००० यताका १३ वर्षमा मनसुन ढिला बाहिरिएको छ। पछिल्लो मनसुन भित्रिन समय पनि ढिलाइ भइरहेको छ। वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अझै सातादिन जस्तो मनसुन सक्रिय रहने देखिन्छ।

त्यसपछि विस्तारै पश्चिमबाट खुल्दै जानेछ। हाल भारतको राजस्थानबाट मनसुन बाहिरिँदै गएको छ। पौडेलले भने, ‘चार÷पाँच दिन अझै केही बद्ली हुने र पानी पर्ने देखिन्छ। त्यसपछि विस्तारै पश्चिमबाट खुल्दै जानेछ।’

जलवायु परिवर्तनका कारण मौसम ढिला भित्रिने र ढिलै बाहिरिने क्रम दोहोरिन थालेको उनको भनाइ छ। ‘वायुमण्डल र समुद्रको सर्कुलेसनले वाष्पीकरण हुने तथा पानी पार्ने चक्रमा कहीँ न कहीँ थोरै मात्रामा असर छ,’ पौडेलले थपे ‘ग्लोबल वार्मिङ तथा जलवायु परिवर्तनको दीर्घकालीन असर हुनसक्छ। त्यसलाई ‘क्लाइमेट भेरीबेलिटी’ पनि भन्छौं।’

मुलुकमा पानी पर्ने प्रणाली र प्रक्रियामा पनि परिवर्तन आएको छ। सुक्खा हुने वा अत्यन्त वर्षा हुने क्रम बढ्दै गएको छ। धेरै वर्षा हुने ठाउँमा कम वर्षा हुने र कम वर्षा हुने ठाउँमा धेरै वर्षा भएका घटना छन् । अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077