Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बैंकिङ कसुर मुद्दामा फरार रहेका गोकुल पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका १ का ५१ वर्षीय गोकुल थापा रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापालाई नयाँ बानेश्वरबाट प्रहरीले पक्राउ गरेको हो।

बैंकिङ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारे गरेपछि उनी फरार रहेका थिए।

पक्राउ परेका थापालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

पीडित सकुन्तला थापाको जाहेरीका आधारमा प्रहरीले थापालाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077