Online Nepal
  • बुधबार, १४ साउन २०८२
  • आज पनि काठमाडौंमा प्रदर्शन गर्दै स्थानीय तहका कर्मचारी

    आज पनि काठमाडौंमा प्रदर्शन गर्दै स्थानीय तहका कर्मचारी

    अनलाइन नेपाल
  • बिहिबार, १८ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । संघीय निजामती सेवा ऐन संसद्बाट पारित हुनुपर्ने माग गर्दै स्थानीय तहका कर्मचारीले आज पनि काठमाडौंमा प्रदर्शन गर्दै छन् ।

    ऐन नबन्दा सबैभन्दा पीडित आफूहरू बन्नुपरेको भन्दै उनीहरूले तत्काल संसद्बाट ऐन पारित हुनुपर्ने मागसहित प्रदर्शन गर्न लागेका हुन् ।



    असोज १३ गतेको भेलाले स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति बनाएरै आन्दोलनमा जाने निर्णय भएको थियो । उनीहरूले असोज १७ र १८ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने निर्णय गरेका छन्।

    प्रदर्शनको लागि उनीहरूले देशभरका स्थानीय तहका कर्मचारीलाई काठमाडौंमा आउन आह्वान पनि गरेका थिए। उनीहरूले असोज १५ गतेदेखि नै माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार