Online Nepal
  • शुक्रबार, २३ साउन २०८२
  • इजिप्टमा गोली हानेर दुई इजरायली पर्यटकको हत्या

    इजिप्टमा गोली हानेर दुई इजरायली पर्यटकको हत्या

    अनलाइन नेपाल
  • आइतबार, २१ असोज २०८०
  • 966
    SHARES

    फाइल तस्विर

    एजेन्सी । इजिप्टमा प्रहरी अधिकारीले इजरायली पर्यटकमाथि गोली चलाएका छन् ।

    इजरायलले प्यालेस्टाइनी इस्लामिस्ट समूह हमाससँग युद्ध गरिरहेका बेला छिमेकी इजिप्टमा इजरायली पर्यटकको हत्या भएको हो।



    अलेक्जेन्ड्रिया सहरमा दुई इजरायली पर्यटकमाथि इजिप्टकाप्रहरी अधिकारीले गोली हानी हत्या गरेका हुन् । मारिनेमा एक जना इजिप्टका नागरिक पनि छन्।

    प्रहरीले इजरायली पर्यटकमाथि गोली हान्नुको कारण खुलेको छैन। प्रहरी अधिकारीले इजिप्टको उत्तरी तटमा स्थित प्राचीन रोमन स्थलतिर गइरहेका इजरायली पर्यटकको एक समूहमा अन्धाधुन्ध गोली चलाएका छन् ।

    गोलीबारीमा दुई इजरायली पर्यटक र इजिप्टका एक गाइड मारिएका छन् । घटनापछि प्रहरी अधिकारीलाई तुरुन्त पक्राउ गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार