Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रोजगारीका लागि जापान पठाईदिन्छु भन्दै लाखौँ ठगी, तारकेश्वरबाट एक जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रोजगारीका जापान पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा म्याग्दीको रघु गाँउपालिका १ स्थाई घर भई हाल काठमाडौंको तारकेश्वर बस्ने दुर्गाबहादुर भट्टचन रहेका छन् ।

भट्टचनले वैदेशिक रोजगारीको लागि जापान पठाई दिने भन्दैपुर्ण विश्वकर्मासहित तीन जनासंग १७ लाख २५ हजार रुपैयाँ ठगी गरेर फरार भएका थिए ।

भट्टचनले जापान पुगेपछि गोलोबल पीग फर्ममा काम लगाई दिने र मासिक २ लाख २० कमाई हुने प्रलोभन देखाएर ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

भट्टचनले ठगी गरेर फरार भएपछि उनीहरुले पक्राउ गरी उपस्थित गराइदिन भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयमा उनुरी गरेका थिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले भट्टचनलाई आज तारकेश्वर नगरपालिका ७ डाडाँगाउँबाट पक्राउ गरेको हो ।

पक्राउ परेका भट्टचनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077