Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सर्वदलीय बैठकको निष्कर्ष - जनताको साझा दुःखमा एकै ठाउँमा उभिएर सहकार्य गरौँ

काठमाडौं । संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूले जनताको साझा दुःखमा एकैठाउँमा उभिएर सहकार्य गर्ने निष्कर्ष निकालेका छन् ।

सोमबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकले सत्तापक्ष र प्रतिपक्ष भन्ने नभइ जनताको पक्षमा उभिने निष्कर्ष निकालेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

“सम्माननीय प्रधानमन्त्रीज्यूले इजरायल घटनाबारे सिंहदरबारमा बोलाएको संसदमा रहेका दलहरूको सर्वदलीय बैठक सकिएको छ । दुःखको समयमा सत्तापक्ष, प्रतिपक्ष नभइकन नेपाली जनताको साझा दुःखमा एकैठाउँमा उभिएर सहकार्य गर्ने दलहरूको निष्कर्ष रहेको छ,” मल्लले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077