Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बैंकिङ कसुर मुद्दामा फरार रहेका राजु थापा पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बैंकिङ कसुर मुद्दामा कैद जरिवाना तोकिइ फरार रहेका एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तनहु भानु नगरपालिका-१२ घर भइ हाल काठमाडौंको किर्तिपुर बस्ने ३२ वर्षीय राजु थापा रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले थापालाई बल्खुबाट सोमबार पक्राउ गरेको हो।

उच्च अदालत पाटन ललितपुरले बैकिङ कसुर मुद्दामा थापालाई गत असार ३ गते दुई दिन कैद र ५ लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो।

पक्राउ गरेका थापालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077