Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बहुमूल्य सामान देखाएर ठगी गर्ने ६ जना प्रहरी फन्दामा

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बहुमूल्य सामान देखाएर ठगी गर्ने ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाका अनिल गदाइली, ललितपुरका रमेश नापित, मकवानपुरका सत्यनारायण कपाली, काभ्रेपलाञ्चोकका विकास श्रेष्ठ, ओखलढुंगाका लालबहादुर सुनुवार र मकवानपुरकै मुरली न्यौपाने रहेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गदाईलीको साथबाट प्राचीन पुरातात्विक सामान अन्दाजी दुई करोड मूल्यमा खरिद बिक्री गर्ने भनी झुक्याएर ठगी गर्ने व्यक्तिको साथबाट त्रिभुजआकारको अटोफायर र क्रिष्टल मालासहित ठगी गर्ने कार्यमा संलग्न रहेका उनीहरूलाई काठमाडौंको कागेश्वरीबाट पक्राउ गरेको हो ।

उनीहरुमाथि अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077