Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

वाग्मती र मधेशका अधिकांश भू-भागबाट पनि बाहिरियो मनसुन

काठमाडौं । बाग्मती र मधेश प्रदेशको धेरैजसो भू-भागबाट पनि यस वर्षको मनसुन बाहिरिएको छ ।

यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिसकेको मनसुन आजदेखि गण्डकी र लुम्बिनी प्रदेशका सबै भू–भाग तथा बाग्मती र मधेश प्रदेशका धेरैजसो भू–भागबाट बाहिरिएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालका बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको छ ।

मनसुन बाहिरिने क्रममा रहेको भए पनि पश्चिमी वायुको प्रभावका कारण पर्सि सोमवारदेखि बुधवारसम्म नेपालमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077