Online Nepal
  • बुधबार, २१ साउन २०८२
  • एकैदिन दुई हजार नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    एकैदिन दुई हजार नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • आइतबार, २८ असोज २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा आज पनि सुन–चाँदीको मूल्य बढेको छ।

    शुक्रबार प्रतितोला छ सय रुपैयाँ बढेको सुनको मूल्य आइतबार प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढेको हो।



    आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार