Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • पब्जी प्रतियोगिता गर्दै युवा संघ नेपाल, विजेतालाई २ लाख

    पब्जी प्रतियोगिता गर्दै युवा संघ नेपाल, विजेतालाई २ लाख

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघ नेपालले पब्जी प्रतियोगिता गर्ने भएको छ ।

    युवा संघ नेपालले कार्तिक २५ गतेदेखि पब्जी प्रतियोगिता गर्न लागेको हो ।



    प्रतियोगिता अन्तर्राष्ट्रिय पब्जी प्रतियोगिताको नियमअनुसार खेलाइने छ ।

    खेलका दौरान कुनै विवाद भए आयोजकको निर्णय नै अन्तिम हुने युवा संघ नेपालले जनाएको छ ।

    खेलको विजेतालाई २ लाख, दोस्रोलाई १ लाख, तेस्रोलाई ५० हजार पुरस्कार दिइने छ।

    प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पाउनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार