Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दसैं अवधिभर उपत्यकामा दुई जनाको मृत्यु, ११८ घाइते

काठमाडौं । उपत्यकाका तीन जिल्लामा कात्तिक ४ गते फूलपातीदेखि शुक्रबार बिहानसम्ममा उपत्यकामा एक सय तीनवटा घटना भएका छन् ।

ती घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने ११८ जना घाइते भएका छन् । यसबीचमा २० वटा सवारी दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।

सवारी साधनहरु आपसमा ठक्कर खाएर ५१ वटा दुर्घटना भएको थियो । उक्त दुर्घटनमा ७३ जना घाइते भएका थिए भने एक जनाको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार कुटपिट र झैझगडाका १३ घटनामा एक जनाको मृत्यु भएको छ भने १३ घाइते भएका छन् ।

चोरीका १० र धारिलो हतियार प्रहारसम्बन्धी दुई वटा घटना भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

जुवा तासको खालबाट काठमाडौँबाट सात, ललितपुरबाट १३ र भक्तपुरबाट दुई जना गरी कूल २२ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट पाँच लाख नगद बरामद गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077