Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सार्कका नयाँ महासचिव गोलामले सम्हाले कार्यभार

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हालेका छन्।

सार्क मन्त्रिपरिषदले उनको नियुक्तिलाई अनुमोदन गरेसँगै उनले गत मंगलबारदेखि कार्यभार सम्हालेका हुन् ।

गोलाम सरवर सार्कको १५ औं महासचिव हुन्। उनी बंगलादेशको प्रतिनिधित्व गर्ने तेस्रो कूटनीतिक कर्मचारी पनि हुन्।

सार्क सचिवालयका अनुसार सन् १९९१ मा बंगलादेशको कूटनीतिक सेवा प्रारम्भ गरेका महासचिव सरवर मलेसिया, ओमन र स्विडेनमा बंगलादेशी राजदूत भइसकेका छन्।

उनले क्वालालम्पुर, काठमाडौं, याङ्गुन र वासिङटन डिसीमा पनि बंगलादेशको कूटनीतिक अधिकारीका रूपमा काम गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077