Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

महेश बस्नेत सहभागी एनआरएनएको कार्यक्रममा झडप, युवा संघका कार्यकर्ताद्वारा ओम शर्मासहितका अभियन्ता कुटिए

काठमाडौं। बालुवाटारस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यालयमा झडप भएको छ । एमाले नेता महेश बस्नेत समेतको सहभागितामा कार्यालयको हलमा कार्यक्रम भइरहेका बेला अध्यक्षमा पराजित भएपछि समानान्तर कमिटि गठन गरेका आरके शर्मासहितको टीम पुगेपछि विवाद र हातपात भएको हो । घटनामा बेल्जियम निवासी अभियन्ता तथा पत्रकार ओम शर्माको दाँतमा चोट लागेको बताइएको छ ।

अध्यक्ष बद्री केसीसहित एनआरएन नवनिर्वाचित टिमको स्वागत कार्यक्रममा एमाले नेता बस्नेत सहभागी थिए । दिउसो दुई बजेतिर आरके शर्माको टिम कार्यालय प्रवेश गरेपछि युवा संघका कार्यकर्ताहरुले हातपात गरेको शर्मा पक्षको आरोप छ ।

युवा संघका कार्यकर्ताले दुर्व्यवहार गरेपछि आरके शर्मा त्यहाँबाट फर्किए पनि उनको समूहमाथि आक्रमण भएको थियो । तर, बद्री केसी पक्षले भने पराजित पक्षले वाईसीएल लिएर कार्यालय कब्जा गर्न खोजेपछि कार्यक्रममा सहभागी युवा संघका कार्यकर्ताले रोक्ने क्रममा विवाद बढेको जनाएको छ । माओवादी कार्यकर्ता बोकेर कार्यालय प्रवेश गरेका आरके शर्माका केटाहरुले पहिले हातपात गरेपछि झडप भएको सिग्देल पक्षको दावी छ ।

बधाइ दिन गएको महेश बस्नेतको टोलीले भिडिओ खिच्दै मुख छाडेपछि विवाद हुँदा मोबाइल खोस्ने क्रममा ओम शर्माको ओठमा चोट लागेको बताइएको छ ।

आरके शर्माले आफूहरुमाथि युवासंघबाट आक्रमण भएको छ भएको भन्दै घटनाको निन्दा गरेका छन् । घटनापछि संघको कार्यालयमा अहिले प्रहरी पुगिसकेको छ । घटनापछि महेश बस्नेतसहिका युवासंघका कार्यकर्ता भने बाहिरिसकेका छन् ।

कुटाइ खाएका ओम शर्माले भने आफू पत्रकारको भूमिकामा कार्यालयमा पुगेर बुझ्न खोज्दा युथ फोर्सको कार्यक्रम भएको प्रतिकृया दिएको बताए । एनआरएनएको कार्यालयमा कसरी युथ फोर्सको कार्यक्रम भयो ? भन्ने प्रश्न गर्दा युथ फोर्सका कार्यकर्ताहरुले आफूमाथि आक्रमण गरेको बताएका छन् । युथ फोर्सका कार्यकर्ताहरुले किन फोटो खिचेको भन्दै मोबाइल खोसेर जथाभावि पिटेको उनले बताएका छन् ।

संघको ११ औँ महाधिवेशनमा बद्री केसी निर्वाचित भएपछि अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठले मतपरिणाम स्वीकार गरेका छैनन् । बद्रीलाई अध्यक्ष अस्वीकार गर्दै शर्माको नेतृत्वमा एनआरएनएको नयाँ कार्यसमिति तय भएको छ । शर्माले आफूलाई आधिकारिक दाबी गर्दै आएपनि कार्यालयमा प्रवेश पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077