Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली सर्टिफिकेट बनाइदिने ग्राफिक डिजाइनरसहित तीन जना पक्राउ

काठमाडौं । नक्कली कागजात बनाएर विदेश पठाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका घर भई हाल काठमाडौंको पेप्सीकोला बस्ने आशिष श्रेष्ठ, साईरस विसंखे र काभ्रेपलान्चोक पाँचखाल घर भई हाल सिनामंगल बस्ने जीवराज तामाङ रहेका छन् ।

भिजिट भिषामा विदेशजानका लागि उच्च माध्यमिक विद्यालयका सर्टिफिकेट नक्कली देखिएकोपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई उक्त कागजात पठाएको थियो ।

उक्त कागजात बनाउने र पिडितवाट ५ लाख लिएरविमानस्थलमा सेटिङ मिलाई विदेश पठाउने कार्यमा संलग्न आशिष श्रेष्ठ र जीवराज तामाङलाई प्रहरीले सिनामंगलबाट पक्राउ पक्राउ गरेको थियो ।

तामाङ र श्रेष्ठको शरिरको खानतलासी गर्दा तामाङको साथबाट दुई थान मोवाईल,नेपाली नगद ९५ हजार र जेम्स दामदाली नामको राहदानीको बरामद गरीएको प्रहरीले जनाएको छ ।

त्यस्तै,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा विदेश जान लागेका व्यक्तिहरू शंकास्पद रहेको आशंकामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई कागजात पठाइएको थियो।

कार्यालयमा आएको कागजातमध्ये राहुलकुमार मण्डलको सर्टिफिकेट नक्कली भएको पाइएपछि ग्राफिक डिजाइनिङ एण्ड प्रिन्टिङ सर्भिसका सञ्चालक साइरस विसंखेलाई प्रहरीले पक्राउ गरिएको हो।

सञ्चालकलाई पक्राउ गरेपछि उनको प्रिन्टिङ सर्भिसमा खानतलासी गरेर मोबाइ र कम्प्युटर बरामद गरेर थप अनुसन्धानका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077