Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली श्रम स्वीकृतीको कागजात बनाउने दुई जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली श्रम स्वीकृतीको कागजात बनाउने दुई जनालाई पक्राउ गजरेको छ ।

पक्राउ पर्नेमा गोरखा बारपाक घर भई काठमाडौंको बनस्थली बस्ने २३ वर्षीय अजित फेवाली र नागार्जुन रानीवन बस्ने २१ वर्षीय विपिन ढकाल छन्।

उनीहरुलाई काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूलाई सोल्टीमोडस्थित भाडामा लिएर वैदेशिक रोजगार सम्बन्धी काम गर्ने ट्राभल्सबाट मंगलबार पक्राउ गरेको हो।

गत आइतबार भिजिट भिसामा विदेश जान लागेका व्यक्तिहरू शंकास्पद रहेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले शंकास्पद कागजातहरूमाथि अनुसन्धान गर्न कार्यालयमा पठाएको थियो।

कागजातहरूमध्ये सुजल हेङगजुको नामको श्रम स्वीकृती नक्कली पाइएको थियो। उक्त नक्कली कागजात बनाएको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। थप अनुसन्धानका लागि प्रहरीले उनीहरूलाई प्रहरी वृत्त कालीमाटीमा पठाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077