Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • झापामा भैँसीसित मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु

    झापामा भैँसीसित मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ३० कार्तिक २०८०
  • 1K
    SHARES

    झापा । झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ।

    एकजना घाइते भएका छन्। झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को २१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको हो।



    उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ। तीव्रगतिको मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किन पुगेको थियो।

    दुर्घटनामा परी मोटरसाइकलमा सवार सुनसरीको इटहरी–४ का ३० वर्षीय अभिषेक चौधरी घाइते भएको प्रहरीले जनाएको छ । उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार