Online Nepal
  • शुक्रबार, २३ साउन २०८२
  • कोरियाद्वारा नेपाललाई साढे पाँच करोड बराबरको स्वास्थ सामग्री सहयोग

    कोरियाद्वारा नेपाललाई साढे पाँच करोड बराबरको स्वास्थ सामग्री सहयोग

    अनलाइन नेपाल
  • सोमबार, ४ मंसिर २०८०
  • 840
    SHARES

    काठमाडौं । कोरिया सरकारले नेपालको स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धिका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

    कोरियाले नेपाललाई ५ करोड ३५ लाख ३२ हजार ५०० सय रुपैयाँ बराबरको पूर्णस्वचालित बायोकेमिस्ट्री स्वास्थ्य जाँच सामाग्री सहयोग गरेको हो।



    कोरियाली राजदूत पार्क थेयङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेललाई उक्त हस्तान्तरण गरे । सामग्री हस्तान्तरणका क्रममा राजदूत पार्कले नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि कोरियाली सरकारको प्रतिबद्धताबारे प्रकाश पारे।

    त्यसैगरी कोरियाली सरकारको यस्ता किसिमका सहयोगले नेपाललाई एक स्थिर विकासका लागि सँधै समर्थन रहने विचार व्यक्त गरे। सचिव पोखरेलले सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गरे।

    उनले किसिमको सहयोगले नेपालको स्वास्थ्य क्षेत्रको आधारभूत रोग परीक्षण तथा स्वास्थ्य अधिकारीहरूलाई सुदृढ बनाउन सकारात्मक प्रभाव पार्ने कुरामा जोड दिँदै नेपालको स्वास्थ्य क्षेत्रको क्षमता विस्तारमा टेवा पुग्ने अपेक्षा गरे ।

    कोरिया सरकारले नेपाललाई विगत १५ वर्षदेखि लगातार विकास साझेदारी प्राथमिक राष्ट्रको सूचिमा समावेश गरेर विभिन्न विकास साझेदारी कार्यक्रमलाई निरन्तरता दिंदै आएको कोरियाली राजदूतावासद्वारा जारी विज्ञप्तिमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार