Online Nepal
  • शनिबार, १७ साउन २०८२
  • प्रशासनको निषेधपछि युवा संघले तोक्यो नयाँ प्रदर्शनस्थल

    प्रशासनको निषेधपछि युवा संघले तोक्यो नयाँ प्रदर्शनस्थल

    अनलाइन नेपाल
  • सोमबार, ४ मंसिर २०८०
  • 909
    SHARES

    काठमाडौं । नेकपा एमालेको युवा संघले मंसिर सात गतेका लागि माइतीघर मण्डलामा तय गरेको कार्यक्रमको स्थान परिवर्तन गरेको छ।

    जिल्ला प्रशासन काठमाडौंले सोमबारदेखि एक महिनाका लागि माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको क्षेत्रमा भेला तथा सभा र प्रदर्शन गर्न निषेध गरेपछि युवासंघले कार्यक्रमस्थल परिवर्तन गरेको हो ।



    ‘राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको आयोजनामा मिति २०८० मंसिर ७ गते माइतीघर मण्डलामा युवा विद्यार्थी विशेष कार्यकम आयोजना गरिएको विषय सर्वविदितै छ । तर, नेपाल सरकारले माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा (सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म) गर्ने निर्णय गरेकाले हाम्रो निर्धारित कार्यकम सोही मिति र समय (बिहान ११ः०० बजे) मा काठमाडौँस्थित तिनकुनेमा हुने व्यहोरा जानकारी गराउँदछौं’, युवा संघका अध्यक्ष क्षितिज थेबेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    सोही दिन दुर्गा प्रसाईं नेतृत्वको समूहले पनि राजधानीमा प्रदर्शन गर्ने भएपनि सरकारले पद्मोदय मोडदेखि माइतीघर हुँदै बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको हो । मंसिर सात गते यसअघि नै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सभा आयोजनाको घोषणा गरेका थिए।

    एमालेविरुद्ध खनिँदै आएका प्रसाईंले माइतीघर मण्डलामा सभा राख्ने भएपछि त्यसको प्रतिरोधका लागि एमाले नेता महेश बस्नेतको अगुवाइमा ७ गते नै माइतीघर भण्डलामा युवा विद्यार्थी विशेष कार्यक्रम राखेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार