Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • टिकटक बन्द गर्ने निर्णयविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

    टिकटक बन्द गर्ने निर्णयविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 951
    SHARES

    काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध दायर भएका रिट निवेदनहरुमाथि प्रारम्भिक सुनुवाइका लागि आज पनि पेसी तोकिएको छ।

    मंगलबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी परेको हो।



    मन्त्रिपरिषद्‌को कात्तिक २७ गतेको बैठकले छोटा भिडियोहरु अपलोड गरिने सञ्जाल टिकटकले समाजमा नकारात्मक असर पारेको भन्दै बन्द गर्ने निर्णय गरेको थियो।

    सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा ११ थान रिट दायर भएका छन्। तिहार बिदापछि अदालत खुलेको पहिलो दिन मंसिर १ गते, शुक्रबार १० थान रिट निवेदन दर्ता भएका थिए। यस्तै, छठ बिदापछि अदालत खुलेको पहिलो दिन, सोमबार थप १ थान रिट दायर भएको थियो।

    टिकटक बन्द गर्ने निर्णयविरुद्धको रिटमा सोमबार प्रारम्भिक सुनुवाइ गर्ने गरी पेसी तोकिएको थियो। सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा पेसी परे पनि हेर्न नभ्याउँदै हुँदै स्थगित भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार