Online Nepal
  • शनिबार, १० साउन २०८२
  • जन्ममिति विवादकाबीच अशोक सिग्देल रथीमा बढुवा सिफारिस

    जन्ममिति विवादकाबीच अशोक सिग्देल रथीमा बढुवा सिफारिस

    अनलाइन नेपाल
  • शुक्रबार, ८ मंसिर २०८०
  • 9K
    SHARES

    काठमाडौँ । जन्म मितिको विवादकाबीच नेपाली सेनाका उपरथी अशोक सिग्देलको रथी पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

    शुक्रबार रथी सीताराम खड्काको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सिग्देलको नाम सिफारिस गरेको हो । ताराध्वज पाण्डेको राजीनामापछि उनी भावी प्रधानसेनापति बन्ने दौडधुपमा लागेका छन् ।



    रथीमा बढुवा भएमा उनी ९ महिनापछि प्रधानसेनापति हुनेछन् । तर नागरिकता र शैक्षिक प्रमाणपत्रमा दुईथरी जन्ममिति भेटिएपछि उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

    यस्तै बढुवाका लागि सिफारिस लगत्तै सैनिक सचिव सहायक रथी ज्योतेन्द्र महतले एक सूचना जारी गर्दै बढुवा सिफारिस निर्णय चित्त नबुझ्ने सैनिक व्यक्तिले सात दिनभित्र आफू बढुवामा समावेश हुनुपर्ने स्पष्ट र वस्तुगत आधारसहित निवेदन पेश गर्न आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार