Online Nepal
  • शुक्रबार, २३ साउन २०८२
  • जाजरकोट भूकम्प : चिसोबाट सुत्केरीको मृत्यु

    जाजरकोट भूकम्प : चिसोबाट सुत्केरीको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    जाजरकोट । जाजरकोट भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी एक सुत्केरी महिलाको चिसोबाट मृत्यु भएको छ ।

    जिल्लाको नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको मृत्यु भएको हो । उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ ।



    स्थानीय टेकबहादुर नेपालीले चदाराको गएराति चिसोबाट मृत्यु भएको जानकारी दिए ।

    चदाराले छोरीको जन्म दिएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार