Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

    सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

    अनलाइन नेपाल
  • मंगलबार, १२ मंसिर २०८०
  • 810
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

    सोमबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख १७ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख १७ हजार सात सय रूपैयाँ पुगेको छ।



    यो मूल्य पछिल्लो रेकर्डभन्दा तीन सय रूपैयाँ बढी हो। अघिल्लो दिन अर्थात् सोमबार तोलामा पाँच सय रूपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँ बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

    सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार आठ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

    यस्तै, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार प्रतितोला १ हजार पाँच सय रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार