Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

हेटौँडा । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ ।

मकवानपुरको मकवानपुरगढी-२ धवाडी पुलमा भएको दुर्घटनामा ३४ वर्षकी रुपा स्याङतान र ४ महिनाकी छोरी घटनास्थलमानै मृत्यु भएको हो ।

घटनामा मोटरसाइकल चालक रुपाका श्रीमान् ३५ वर्षीय भीमबहादुर स्याङतान गम्भीर घाइते भएका छन् ।

सुकौराबाट कान्तिलोकपथ तर्फ जाँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट १२ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्याङतानलाई थप उपचारको लागि चितवन पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077