Online Nepal
  • शुक्रबार, २३ साउन २०८२
  • शुक्रबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    शुक्रबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    अनलाइन नेपाल
  • शुक्रबार, १५ मंसिर २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

    गत सोमबार, मंगलबार र बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज घटेको हो ।



    बुधबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको भाउ बिहीबार भने स्थिर रहेको थियो। उक्त दिन सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

    शुक्रबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

    बिहीबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ।

    बिहीबार प्रतितोला १५ सय २० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १५ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार