Online Nepal
  • शनिबार, १७ साउन २०८२
  • प्रधानमन्त्री प्रचण्डले भने – ‘कोप-२८’ मा जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ

    प्रधानमन्त्री प्रचण्डले भने – ‘कोप-२८’ मा जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ

    अनलाइन नेपाल
  • शुक्रबार, १५ मंसिर २०८०
  • 684
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘कोप-२८’ मा जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताएका छन् ।

    संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन ‘कोप-२८’मा भाग लिन यूएई पुगेका प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण नेपालजस्ता देशहरुले भोग्नुपरेको असरका बारेमा पनि विश्व समुदायलाई ध्यानाकर्षण गराउने बताएका हुन् ।



    उनले आफू आफ्ना एजेण्डा राख्ने तयारीका साथ सम्मेलनमा आएको बताए । प्रधानमन्त्री प्रचण्डले कोप–२८ मा जलवायु परिवर्तनबाट नेपाललाई परेको असरको क्षतिपूर्तिका रुपमा वित्तीय र प्राविधिक सहयोगको अधिकारलाई बलियो ढंगबाट उठाउने बताए।

    त्यस्तै,दुबईस्थित नेपाली समुदायको उपस्थिति रहेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अब हुने निर्वाचनमा विश्वमा छरिएर रहेका नेपालीले भोट हाल्न पाउने व्यवस्था भइरहेको बताए।

    विदेशमा बसेका नेपालीले निर्वाचनमा भाग लिन नपाउँदा लोकतन्त्र बलियो नहुने बताउँदै प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीको मताधिकारका लागि सरकार गम्भीर भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार