Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • ७ अंकले घट्यो सेयर बजार परिसूचक नेप्से, कारोबार रकम १ अर्ब तल

    ७ अंकले घट्यो सेयर बजार परिसूचक नेप्से, कारोबार रकम १ अर्ब तल

    अनलाइन नेपाल
  • आइतबार, १७ मंसिर २०८०
  • 717
    SHARES

    काठमाडौं। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले घटेको छ।

    नेप्से ७.२९ अंकले घटेर १८५१.२३ विन्दुमा पुगेको हो। अघिल्ला कारोबार दिनहरु सोमबार ११, मंगलबार २, बुधबार १७.९ र बिहीबार १८ अंकले बजार घटेको थियो ।



    आइतबारको कारोबारपछि नेप्से १८५१ विन्दुमा कायम भएको छ । कुल ९६ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भयो । यसअघि बिहीबार १ अर्ब ३२ करोडको कारोबार भएको थियो ।

    कुल ९४ कम्पनीको मूल्य बढ्दा १३६ को घट्यो भने १० को स्थिर रह्यो । माइक्रोफाइनान्स समूह जम्मा २ अंक बढ्यो भने अरु सबै समूहहरु घटेका छन् ।

    बैंकिङ ५, विकास बैंक १६, फाइनान्स ९, होटल तथा पर्यटन २७, जलविद्युत् ९, जीवन बीमा २५, उत्पादन ११, निर्जीवन बीमा ४२, अन्य ७ र ब्यापार उपसमूह १३ अंक घटे ।

    थ्रीस्टार हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.६ प्रतिशत बढ्यो । सबैको लघुवित्तको ९, इङ्वा हाइड्रोपावरको ८.६, माइखोला हाइड्रोपावरको ६.२, मोलुङ हाइड्रोपावरको ५.६ तथा पञ्चकन्या माइको ५ प्रतिशत मूल्य बढ्यो ।

    माउन्टेन इनर्जी, युनाइटेड इदी मर्दी र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको मूल्य १० प्रतिशत घट्यो । गुराँस लघुवित्तको ५.७ प्रतिशत घट्दा मञ्जुश्री फाइनान्सको मूल्य ५ प्रतिशत घट्यो ।

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार