Online Nepal
  • शनिबार, १७ साउन २०८२
  • देशको रुपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव छ : सञ्चारमन्त्री शर्मा

    देशको रुपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव छ : सञ्चारमन्त्री शर्मा

    अनलाइन नेपाल
  • सोमबार, १८ मंसिर २०८०
  • 1.3K
    SHARES

    रुपन्देही । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको रुपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव भएको बताएकी छन्।

    माओवादी केन्द्र प्युठानमा आयोजित विशेष रूपान्तरण अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन् ।



    सञ्चारमन्त्री शर्माले देशको समृद्धि र जनताको जीवन परिवर्तन गर्ने महान अभियानबाट आएको पार्टी भएकाले माओवादी नेतृत्वबाटै देशको रुपान्तरण सम्भव हुने दाबी गरिन् ।

    देशको विकास निर्माण र समृद्धिका लागि माओवादी पार्टी जति अरु कसैले गर्न नसक्ने उल्लेख गर्दै उनले माओवादीले जितेका सबै तहका सरकारले नमुना काम गरिरहेको बताईन्।

    माओवादी नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मार्गदर्शनको रुपमा लिएको उल्लेख गर्दै सञ्चारमन्त्री शर्माले त्यसको प्रतिफल प्राप्त हुन थालेको बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार