Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • टिकटक प्रतिबन्धविरुद्धका रिटमा आज पूर्ण सुनुवाइ, खोल्नेबारे प्रधानमन्त्री सकारात्मक

    टिकटक प्रतिबन्धविरुद्धका रिटमा आज पूर्ण सुनुवाइ, खोल्नेबारे प्रधानमन्त्री सकारात्मक

    अनलाइन नेपाल
  • मंगलबार, १९ मंसिर २०८०
  • 930
    SHARES

    काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । १४ वटा मुद्दाको आज एकै पटक आज पूर्ण सुनुवाई हुन लागेको हो ।

    यसअघि गत मंसिर पाँच गते न्यायाधीश विनोद शर्माको एकल इजालासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको थियो ।



    गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले समाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उक्त निर्णय अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको दाबी गर्दै मंसिर १ र ४ गते गरी १४ रिट परेका थिए । यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्द भएको टिकटक विस्तारै खोल्न सकिने संकेत पनि गरेका छन् ।

    सोमबार सञ्चारमाध्यमका सम्पादकहरूसँगको भेटमा उनले सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी कानुन बनाएर टिकटक खोल्नेबारेमा सरकार सकारात्मक भएको बताएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार