Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • टिकटक बन्द गर्ने निर्णयविरुद्धको रिट न्यायाधीशद्वय माथेमा र शर्माको संयुक्त इजलासमा

    टिकटक बन्द गर्ने निर्णयविरुद्धको रिट न्यायाधीशद्वय माथेमा र शर्माको संयुक्त इजलासमा

    अनलाइन नेपाल
  • मंगलबार, १९ मंसिर २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमाथिको पेशी न्यायाधीश सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा तोकिएको छ।

    यसअघि मंसिर ५ गते न्यायाधीश शर्माको एकल इजलासले रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गर्दै टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश दिएको थियो।



    टिकटकलाई प्रतिबन्धित गर्ने सरकारको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै १४ वटा रिट दायर भएका थिए।

    टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको इजलासले १४ रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।

    गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार