Online Nepal
  • शुक्रबार, ९ साउन २०८२
  • एकैदिन तोलामा दुई हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    एकैदिन तोलामा दुई हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    अनलाइन नेपाल
  • मंगलबार, १९ मंसिर २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। सोमबार प्रतितोला आठ सय रुपैयाँ बढेर नयाँ ऐतिहासिक मूल्य कायम गरेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँ कायम भएको छ ।



    सोमबारको तुलनामा मंगलबार सुनको भाउ प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको हो । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।

    सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ थियो । त्यस्तै सोमबार तेजाबी सुनको मूल्य १ लाख २१ हजार १ सय रुपैयाँ कायम थियो । मंगलबार चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेर १ हजार ५ रुपैयाँ कायम भएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको हो । नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो ।

    गत कात्तिक १२ गते सुनको भाउ प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँ कायम भएको थियो । त्यसपछि कात्तिकमा लगातारजसो सुनको मूल्यमा गिरावट आएको थियो ।

    कात्तिक २७ गते प्रतितोला १ लाख १२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंसिर लागेसँगै बढ्न थालेको हो । मंसिर १ गते छापावाल सुन प्रतितोला १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि भने सुनको मूल्य भने बढिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार