Online Nepal
  • सोमबार, १४ फाल्गुन २०८०
  • नेपाल सुपर लिग : ललितपुर र वीरगन्जले खेल बराबरी, अंक बाँडियो

    नेपाल सुपर लिग : ललितपुर र वीरगन्जले खेल बराबरी, अंक बाँडियो

    अनलाइन नेपाल
  • मंगलबार, १९ मंसिर २०८०
  • 540
    SHARES

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र वीरगञ्ज युनाइटेडले बराबरी खेलेका छन् । मङ्गलवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा ललितपुर र वीरगञ्जले २–२ गोलको बराबरी खेलेका हुन् ।

    बुटवलका विलियम ओपोकुले १० औँ र कृप कान्त महतोले ५२ औँ मिनेटमा गोल गरे । ललितपुरका इमोह इजिकिएलले १४ औँ र निखिल सुरेशरावले २८ औँ मिनेटमा गोल गरे ।



    यो बराबरीसँगै वीरञ्जले एनएसलमा पहिलो अङ्क जोडेको छ । शुरुका २ खेल हारेको वीरगञ्जले आज ललितपुरसँग अङ्क बाँड्यो । वीरगञ्ज अङ्क तालिकाको पुछारमा छ ।



    यो बराबरीसँगै ललितपुरले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । ललितपुर ४ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा छ । लिगमा बुधबार स्पोर्टिङ इलाम एफसी र पोखरा थन्डर्स भिड्नेछन् । सो खेल साँझ ५ बजे सुरु हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार