Online Nepal
  • सोमबार, १४ फाल्गुन २०८०
  • नवराज विकसहित ६ जना हत्या प्रकरण : यी ८ जनाले पाए सफाइ

    नवराज विकसहित ६ जना हत्या प्रकरण : यी ८ जनाले पाए सफाइ

    अनलाइन नेपाल
  • मंगलबार, १९ मंसिर २०८०
  • 867
    SHARES

    काठमाडौं । रुकुम पश्चिम हत्याकाण्ड प्रकरणमा २४ जनाले जन्मकैदको सजाय पाउँदा ८ जनाले भने सफाइ पाएका छन् । साधारण तारेखमा छुटेका ११ जनामध्ये ८ जनालाई सफाइ दिइएको हो ।

    सफाइ पाउनेहरुमा फरार रहेका तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन, भीमबहादुर बुढा, इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दीपेन्द्र चन्द पनि छन् ।



    मंगलवार रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ र बाहिरका एक गरी २४ जनालाई जन्मकैदको फैसला सुनाउँदा त्यहाँ चौरजहारी नगरपालिका–८ सोतीका वडाध्यक्ष डम्बरबहादुर मल्ल पनि परेका हुन् ।



    सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्या भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार