Online Nepal
  • सोमबार, १४ फाल्गुन २०८०
  • उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड अस्पतालमा

    उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड अस्पतालमा

    अनलाइन नेपाल
  • बुधबार, २० मंसिर २०८०
  • 486
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपचाररत उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका छन् ।

    आज बिहान सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेर प्रचण्डले श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।



    सो क्रममा श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका थिए ।



    मङ्गलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका उनलाई डा अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको थियो ।

    उनको निजी सचिवालयका अनुसार लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार डाक्टर मास्केसहितिको टोलीले मन्त्री श्रेष्ठको एन्जियोप्लास्टी सर्जरी गरेको थियो ।

    एन्जियोप्लास्टी रगतको नलीलाई फराकिलो बनाउने शल्यक्रिया प्रविधि हो । यसअघि चीन भ्रमणमा रहेका बेला पनि मन्त्री श्रेष्ठ अचानक विरामी भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार