Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • अफगानिस्तानसँग नेपाल ७३ रनले पराजित, सेमिफाइनल सम्भावना सकियो

    अफगानिस्तानसँग नेपाल ७३ रनले पराजित, सेमिफाइनल सम्भावना सकियो

    यू–१९ एसिया कप

    अनलाइन नेपाल
  • आइतबार, २४ मंसिर २०८०
  • 957
    SHARES

    काठमाडौँ । दुबईमा जारी एसीसी यू १९ क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा नेपालले हार व्यहोरेको छ । जम्सिद जड्रानको शतकमा एसीसी अफगानिस्तानले जितका लागि दिएको २६२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा ७३ रनले पराजित भएको हो ।

    अफगानिस्तानले प्रस्तुत गरेको २ सय ६२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर १ सय ८८ रन मात्र बनाउन सक्यो । नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरे पनि टोलीलाई जीतसम्म डोर्‍याउन सकेनन् ।



    उनले १ सय ८ बलमा ९१ रन बनाउँदै टोलीको स्कोरलाई अघि बढाएका थिए । उनले यस क्रममा १३ चौका प्रहार गरे । कुमालबाहेक अन्य ब्याट्सम्यानले खुलेर रन बनाउन सकेनन् ।



    कप्तान देव खनाल २४ रन बनाएर पभेलियन फर्किए भने गुल्सन झाले १७ रन तथा दीपक बोहराले १५ रन बनाए । त्यस्तै दीपेश कँडेलले ११ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले जमसिद जादरानको शतकीय पालीको मद्दतले ४९।३ ओभरमा सबै विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो । रिटायर्ट आउट हुन अघि जादरानले १ सय ५२ बलमा १ सय ६ रन बनाए । उनले आठ चौका प्रहार गरे ।

    त्यस्तै, विकेटकिपर नुमान शाहले ६० रन तथा राहिमुल्लाह जुरमातीले ३५ रनको योगदान दिए । नेपालका लागि हेमन्त धामी, गुल्सन झा र सुवास भण्डारीले २–२ विकेट लिए । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।

    लगातार दोस्रो हार व्यहोरेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ। नेपालको सेमिफाइनल पुग्ने सम्भावना अंक गणितीय रुपमा मात्रै जीवित छ । नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार भारतको सामना गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार