काठमाडौं । नेकपा एकीकृत समाजवादीको भोलिबाट बस्ने भनिएको सचिवालय बैठक सारिएको छ।
बिहीबार र शुक्रबारलाई तय भएको बैठक समाजवादीले पुस दुई र तीन गतेलाई सारेको हो ।
एकीकृत समाजवादले सचिवालय बैठकमा विधान मस्यौदामाथि छलफल गर्ने कार्यसूची तय गरेको थियो।
पार्टीले उपाध्यक्ष बेदुराम भुसाल, महासचिव घनश्याम भूसाल र उपमहासचिव प्रकाश ज्वाला रहेको कार्यदल बनाएको थियो।
एकीकृत समाजवादीले महाधिवेशनको तयारी गरिरहेको छ। माघ १४ देखि १८ गतेसम्म गर्ने भनिएको महाधिवेशन जेठ ३ देखि सुरू गर्ने गरी सारिएको छ।