Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

परिवर्तनशिल युवा क्लबले जित्यो वडास्तरिय भलिबल प्रतियोगिताको उपाधि

अछाम । चौरपाटी गाउँपालिकामा आयोजित वडास्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । परिवर्तनशिल युवा क्लबको आयोजनामा यही पुस ९ गतेबाट सुरु भएको प्रतियोगिताको उपाधि आयोजकले नै जितेको हो ।

उपाधि हात पारेसँगै आयोजकले नगद ५० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । यसैगरी उपविजेता पायल भएको छ भने तेस्रो सोकट र सान्त्वना होटेल भ्यू भएका छन् । उनीहरुले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद रुपैयाँ पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको थियो । विजयी खेलाडीलाई चौरपाटी गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँद लगायतले पुरस्कार वितरण गरेका थिए । सो प्रतियोगिता गाउँपालिकाको खेल मैदानमा भएको थियो । खेल क्षेत्रको विकासका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

साथै प्रतियोगितामा हास्यकलाकार जनक साउद (अछामी माग्ने बुढा) ले पनि आफ्नो प्रस्तुति देखाएका थिए भने पुतला खेल पनि खेलिएको थियो । स्थानीय कला संस्कृतिको जर्गेनाका लागि सो क्लवले सांस्कृतिक कार्यक्रम पनि राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077