Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनी सेनाले हतियार किन्दा चार करोड डलर भ्रष्टाचार गरेको खुलासा

एजेन्सी । युक्रेनको सुरक्षा सेवाले सेनाले हतियार खरिद गर्दा ४ करोड डलर भ्रष्टाचार भएको खुलासा गरेको छ ।

भ्रष्टाचारको आरोपमा रक्षा मन्त्रालयका पाँच जना वरिष्ठ व्यक्ति र एक जना हतियार आपूर्तिकर्तामाथि अनुसन्धान भइरहेको सुरक्षा सेवाले बताएको छ ।

सन् २०२२ मा १ लाख वटा मोर्टार गोलाहरूको लागि भएको सम्झौतामा अग्रिम भुक्तानी गरिएको थियो, केही रकम विदेशमा स्थानान्तरण गरिएको थियो ।

तर निकै कम मात्रामा हतियार भित्रिएको सुरक्षा सेवाले जनाएको छ । एक जना आरोपीलाई युक्रेन छाड्दै गर्दा पक्राउ गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077