Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आम नागरिकमा निराशा छायो, पार्टीप्रति वितृष्णा बढ्यो : गगन थापा

    आम नागरिकमा निराशा छायो, पार्टीप्रति वितृष्णा बढ्यो : गगन थापा

    अनलाइन नेपाल
  • शुक्रबार, १९ माघ २०८०
  • 435
    SHARES

    रौतहट । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आम नागरिकमा निराशा छाएको बताएका छन् ।

    रौतहटको दुर्गा भगवती गाउँपालिका-१ गंगापिपरामा शुक्रबार आयोजित नागरिक संवाद कार्यक्रममा बोल्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।



    उनले जनतामा बढ्दै गएको निराशालाई चिर्न ग्रासरुटमा बसोबास गर्ने आम नागरिकको समस्या बुझेर समाधानको प्रयासमा कांग्रेसले समुदायमा जाने अभियान संचालन गरेको बताए ।



    ‘आम नागरिकमा निराशा छाएको छ, पार्टीप्रति वितृष्णा बढ्दैछ,’ उनले भने, ‘यस्तो अवस्थामा नेपाली कांग्रेस जनताको समस्या र दुःख बुझ्न समुदायमा जाने अभियानमा लागेको छ ।’

    जनताका वास्तविक समस्याहरु के के छन् त्यही बुझ्न कांग्रेस समुदायमा जान मेचीदेखि महाकाली यात्रा प्रारम्भ गरेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार