Online Nepal
  • सोमबार, १४ फाल्गुन २०८०
  • बाल यौन दुर्व्यवहारका दोषीलाई माफी दिनु गल्ती भएको भन्दै हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा

    बाल यौन दुर्व्यवहारका दोषीलाई माफी दिनु गल्ती भएको भन्दै हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 348
    SHARES

    काठमाडौं । हंगेरीकी राष्ट्रपति केट्लिन नोवाकले राजीनामा दिएकी छन् ।

    बालबालिकाको यौन शोषण अभियोगमा दोषी ठहर भएका एक व्यक्तिको सजाय माफी भएकोमा खेद व्यक्त गर्दै उनले पदबाट राजीनामा दिएकी हुन् ।



    गत साता एक सरकारी बालगृहका निर्देशकमाथिको साजय माफी गरेकी थिइन् । ती निर्देशकले यौन शोषणको आरोप फिर्ता लिन बालबालिकामाथि दबाब दिएका थिए ।



    राष्ट्रपतिको सजाय माफी सम्बन्धी निर्णयलाई लिएर हंगेरीमा लगातार विरोध र आलोचनासँगै उनको राजीनामा समेत मागिएको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार