Online Nepal
  • सोमबार, १४ फाल्गुन २०८०
  • व्यापारीको सामान चोरी गरेको आरोप लागेका इन्स्पेक्टरसँग २४ घण्टे स्पष्टीकरण माग

    व्यापारीको सामान चोरी गरेको आरोप लागेका इन्स्पेक्टरसँग २४ घण्टे स्पष्टीकरण माग

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले व्यापारीको सामान चोरेको आरोप लागेका कमाण्डरलाई स्पष्टीकरण सोधेका छन् ।

    महानगर प्रहरी बल, मध्य क्षेत्र शाखाका नगर प्रहरी निरीक्षक राधाकृष्ण थापालाई महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले स्पष्टीकरण सोधेका हुन् ।



    उनले २४ घण्टाभित्र लिखित रुपमा स्पष्टीकरण महानगर प्रहरी बलको कार्यालयमा पेस नगरे नगर प्रहरी ऐन २०८० अनुसार कारबाही गर्ने चेतावनी दिए ।



    ‘काठमाडौँ महानगरपालिका महानगर प्रहरी बलले सम्पादन गर्ने कार्यमा खटिएको तपाई कमाण्डर भएको टोलीबाट मिति २०८०/१०/२७ गते शनिबारका दिन सटरभित्र रहेका सामानहरु समातेर नियन्त्रणमा लिएको दृश्यहरु सामाजिक सञ्जालमा प्रसारण भइरहेको सम्बन्धमा तपाईँको जिम्मेवारीको लापरबाही भएको प्रष्ट देखिन्छ यस सम्बन्धमा पछिसम्म फरक नपर्ने गरी २४ घण्टाभित्र लिखित रुपमा स्पष्टीकरण महानगर प्रहरी बलको कार्यालयमा पेस गर्नु होला अन्यथा नगर प्रहरी ऐन २०८० अनुसार कारबाही हुने ब्यहोरा जानकारी गराइन्छ,’ स्पष्टीकरण सोधिएको पत्रमा उल्लेख छ ।

    व्यापारीको सामान महानगर प्रहरीले चोरेको सीसीटीभी फुटेज यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । यस विषयमा महानगर प्रहरी प्रमुख पाण्डेले थापासँग स्पष्टीकरण माग गरेर अनुसन्धान थालेको हो । सो सीसीटीभी फुटेज बाहिरिएसँगै महानगर प्रहरीको चर्को आलोचना भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार